• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल हेर्नुहोस्

आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल हेर्नुहोस्

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 4.8K
    SHARES
  • images
    आज २०८१ साल माघ २९ गते मंगलबारको राशिफल हेर्नुहोस्
    images
    images
    images

    आज २०८१ साल माघ २९ गते मंगलबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि। पशुपतिनाथको छाया दर्शन। तदनुसार सन् २०२५ फेब्रुअरी ११ तारिख। 

    images


    मेष - दिन राम्रो छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्नेछ। साथीभाइसँग सहकार्य गरेर अगाडि बढ्दा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। मिहिनेतलाई निरन्तरता दिनु राम्रो हुन्छ। विपक्षी साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमुधर बन्नेछ।


    वृष -धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। विपक्षी साथीबाट साथ मिल्नेछ। काम गर्दा सचेत भएर गर्नुपर्ने दिन छ। झुक्याएर सफलता मिल्ने भनेर नसोच्नु उचित हुनेछ।

    मिथुन - उदयमान चन्द्रमा भएकाले तपाईंको कला र गलाको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ। नियमित औषधी प्रयोग नगरे समस्या बढ्नेछ।

    images


    कर्कट -सञ्चित धन खर्च हुनेछ। अनावश्यक क्षेत्रको खर्चबाट जोगिनु पर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

    images

    सिंह -आम्दानीका दृष्टिले दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा सफलता मिल्नेछ। साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

    कन्या -दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। बौद्धिक क्षेत्रका साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा खुशी मिल्नेछ। परिवारसँग घुमघामको तय हुनेछ।

    तुला - दिन राम्रो छ। विद्याका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। खुट्टा तान्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आक्रोश सार्वजनिक गर्नुभन्दा समस्याको समाधान गर्नु उचित हुनेछ।

    वृश्चिक - दिन सामान्य राम्रो छ। दैनिक काममा अवरोध हुने भएकाले सचेत बनेर काम गर्नुपर्नेछ। क्षमताको प्रदर्शन गर्नुपर्ने दिन छ। साथीभाइबाट साथ मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    धनु - दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा देखिएका अवसरमा रमाउने योग छ।

    मकर -खर्च बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा निजी तरिकाले गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    कुम्भ - शिक्षाका क्षेत्रमा सफलता मिल्नेछ। मध्य साढेसाती दशा चलिरहेकाले थोरै बोलेर जित्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मीन -तपाईंको कला र गलाको प्रशंसा हुनेछ। मनको कुरा लुकाएर राख्नु भन्दा परिवारसँग साट्नु उचित हुनेछ। परिवारमा संकट पर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथीभाइले भने साथ दिनेछन्।

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०७:३६:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij