• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल

आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 5.0K
    SHARES
  • images
    आज २०८१ साल फागुन २ गते शुक्रबारको राशिफल
    images
    images
    images

    आज २०८१ साल फागुन २ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १४ तारिख। प्रणय दिवस । 

    images

    मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानी फाइदा हुनेछ। साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ। परिवारमा बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ। विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छा। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ।

    images

    कर्कट : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। परिवारमा रमाइलो घुमघामको योजना तर्जुमा हुनेछ। दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ।

    images

    सिंह : शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ।

    कन्या : दिन राम्रो छ। व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ। अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ।

    तुला : थोरै लगानी भएपनि शिक्षाबाट फाइदा हुनेछ। विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ। परिवारमा केही खटपटी आउनेछ।

    वृश्चिक : शिक्षामा गरेको प्रयास सफल हुनेछ। तनाव व्यवस्थापन गर्न नसक्दा समस्या आउनसक्छ। परिवारको साथसहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : स्वास्थ्यले साथ दिने दिन छ। परिवारभित्रको गोपनीयता बाहिर भंग नगर्नुहोला। दाम्पत्य जीवनमा झगडा हुने दिन छ। शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने दिन छ।

    मकर : संचित धन खर्च हुनेछ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानी सामान्य रहेको छ। पढाइमा आलश्य बढ्नेछ। पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन्।

    कुम्भ : सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन्। मध्य साढेसातीको प्रभावले शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

    मीन : धार्मिक कार्यमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ। बोलीमा शनिदेवको प्रभाव भएकाले बोल्नुअघि सोच्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - ०७:५७:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij