प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई नाै विकेटले हराएको छ ।
कीर्तिपुर मैदानमा सुदूरपश्चिमले दिएको एक सय ११ रनको लक्ष्य पुलिसले १७ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्याे ।
पुलिसका लागि सुनिल धमलाले ५३ र कुशल भुर्तेलले ५१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १० रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि खडक बोहोराले सबैभन्दा धेरै ४० रन र सन्जु धामीले ३५ रन बनाए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान चार–चार विकेट लिए । प्रतियाेगितामा पहिलो खेल हारेको पुलिसले बुधबार (आज) दोस्रो खेलमा भने जित निकालेको हो ।