• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


भोजपुर गोल्डकप फुटबल वैशाख १४ देखि २० गतेसम्म

भोजपुर गोल्डकप फुटबल वैशाख १४ देखि २० गतेसम्म

images

प्रभाव न्यूज

७ बैशाख २०८२
  • 7.7K
    SHARES
  • images
    भोजपुर गोल्डकप फुटबल वैशाख १४ देखि २० गतेसम्म
    images
    images
    images

    भोजपुर– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।

    images

    भोजपुर– ७ कोदारस्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा भारतको एकसहित नेपालका सात टिमले सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल, चर्च ब्वाइज युनाइटेड, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

    प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख रुपैयाँ पाउने छन् ।

    images

    अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

    images

    गत वर्ष भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बनेका थिए ।

    images
    images

    प्रकाशित :बैशाख ७, २०८२ आइतवार - १०:०६:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij