• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झलनाथ खनालले गरे देशको चिन्ता, विराटनगर पुगेर भने– देश अगाडि होइन, झन् पछाडि पर्न थाल्यो

झलनाथ खनालले गरे देशको चिन्ता, विराटनगर पुगेर भने– देश अगाडि होइन, झन् पछाडि पर्न थाल्यो

images

प्रभाव न्यूज

२८ माघ २०८१
  • 3.1K
    SHARES
  • images
    झलनाथ खनालले गरे देशको चिन्ता, विराटनगर पुगेर भने– देश अगाडि होइन, झन् पछाडि पर्न थाल्यो
    File Photo
    images
    images
    images


    नेकपा  (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले देशमा दुई पाटीको अधिनायकत्व कायम भएको बताएका छन् ।

    images

    सोमबार विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले दुई पाटीको अधिनायकत्वले मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ लगेको आरोप लगाए । लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको स्थिति देखा परेको उनको भनाइ थियो । 


    दुई पार्टीको संख्याले राजनीतिक सङ्कट देखा परेको उनले बताए  । ‘राजनीति क्रमिक रूपले सङ्कटग्रस्त नै बनिरहेको छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कुनै अग्रता प्रगति देखिँदैन । मूल्यवृद्धि बढेको बढ्यै छ । महँगी बढेको बढ्यै छ । उद्योग धन्दाको विकास हुन सकेको छैन ।’


    सरकारले कतिपय भ्रष्टाचारीलाई धमाधम छोड्न थालेको उनले बताए । ‘भ्रष्टाचारीहरू अब समातिन्छन् कि भन्यो, तिनीहरूलाई धमाधम छोडिँदै छ । उनीहरूले उन्मुक्ति प्राप्त गर्दै छन् । देश अगाडि होइन देश पछाडि पर्न थाल्यो,’ उनले भने । 

    images


    प्रमुख दलले नै संविधानका मूल्यमान्यता कुल्चिएर हिँडेको उनले आरोप लगाए । ‘संविधान  संशोधन होइन लागू नै भएको छैन । संविधानअन्तर्गत बनाउनु पर्ने तीन दर्जन बढी कानुन बनेकै छैनन् । भएका पनि लागू भएका छैनन्,’ उनले भने । अहिले संविधान संशोधनको केही अर्थ नराख्ने पनि उनले बताए । 
    संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोकेको पनि उनले बताए । राजनीतिमा आउने–नआउने विषय उनीहरूकै नैतिकताको कुरा भएको उनले बताए ।

    images

    images
    images

    प्रकाशित :माघ २८, २०८१ सोमवार - २२:२३:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij