• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


वृश्चिकले होस गर्नु,धनुले यात्रा नगर्नु, मीनलाई साढेसाती, मेषले बोले खति- हेर्नुस् तपाईंको आजको भाग्यफल

वृश्चिकले होस गर्नु,धनुले यात्रा नगर्नु, मीनलाई साढेसाती, मेषले बोले खति- हेर्नुस् तपाईंको आजको भाग्यफल

images

प्रभाव न्यूज

२८ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    वृश्चिकले होस गर्नु,धनुले यात्रा नगर्नु, मीनलाई साढेसाती, मेषले बोले खति- हेर्नुस् तपाईंको आजको भाग्यफल
    images
    images
    images

    आज २०८१ साल माघ २८ गते सोमबार, माघ शुक्ल पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी १० तारिख।

    images

    मेष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ।

    वृष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    images

    कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

    images

    सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक भ्रमणको योग छ। आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ।

    कन्या : आम्दानी बढ्नेछ छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

    तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने दिन छ। परिवारले राम्रो साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    धनु : आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। राज्यको तर्फबाट त्रास बढ्दा काम गर्दा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ।

    मकर : आज तपाईंले सोचेका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ। महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

    मीन : साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ।

    images
    images

    प्रकाशित :माघ २८, २०८१ सोमवार - ०५:५६:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij