• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ओली-प्रचण्डले सत्तादेखि सत्ताको राजनीति गरेर भ्रष्टाचार गरेको बाबुरामको आरोप, हिसिला र आफूमाथि छानविन गर्नसमेत चुनौति

ओली-प्रचण्डले सत्तादेखि सत्ताको राजनीति गरेर भ्रष्टाचार गरेको बाबुरामको आरोप, हिसिला र आफूमाथि छानविन गर्नसमेत चुनौति

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 4.0K
    SHARES
  • images
    ओली-प्रचण्डले सत्तादेखि सत्ताको राजनीति गरेर भ्रष्टाचार गरेको बाबुरामको आरोप, हिसिला र आफूमाथि छानविन गर्नसमेत चुनौति
    images
    images
    images

    नेपाल समाजवादी पार्टी ९नयाँशक्ति० का अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तादेखि सत्ताको राजनीति गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । आज ९आइतबार० पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् । डा।भट्टराईले ओली, प्रचण्डलक्षित गर्दै उनीहरु भ्रष्टाचारको विभिन्न काण्डमा फसेको भन्दै उनीहरुको कुरा नपत्याउने आग्रह गरे । आफ्नी श्रीमती हिसिला यमीमाथि पनि धेरै आरोपहरु लगाइएको प्रसंग उठाउँदै उनले हिसिला र आफूमाथि पनि छानविन गरेर दण्डित गर्न उनले सुझाव दिए ।

    images


    ‘जनतालाई र मिडियाका साथीहरुलाई मेरो आग्रह के छ भने– जो आफ्नो यात्रामा निरन्तर हिँडेको छ, उसको कुरा चाहीँ नपत्याउने, अनि जो चाहीँ सत्तादेखि सत्तामा गएर भ्रष्टाचार गरेको छ, अनैतिक काम गरेर फट्याईँ गरेको छ, भ्रष्टाचारका काण्डमा फसेको छ, उसका कुरा चाहीँ पत्याउने नगर्नुस् तपाईँहरु । बाबुराममाथि छानविन गर्नुस्, मेरो तपाईँहरुलाई चुनौति हो । गर्नुस् न छानविन तपाईँहरुले, हिसिला यमीलाई धेरै भन्नुभयो, गर्नुुस् न छानविन, हामी तयार छौं त । आजै जेल लानुस्, जेलैभित्र राखेर छानविन गर्नुस् । रहेछ भने दण्डित गर्नुस्, हामी खुसीसाथ बस्छौं । त्यो सत्य होईन, नत्र यत्रो हिम्मत साथ हामी उभिन आँट गर्ने थिएनौं,’– उनले भने ।

    त्यस्तै, आफूमाथि उठ्ने गरेका विभिन्न प्रश्न र प्रचण्डलाई निर्वाचन क्षेत्र छाड्नुको कारणसमेत उनले प्रष्ट पारे । ‘पुराना शक्तिहरुलाई हामीले बाईबाई भन्नैपर्छ । तैले किन यसो गरिस् भन्ने धेरैमा परेको छ । कहिले प्रचण्डलाई चुनावी क्षेत्र छोड्दिन्छस्, कहिले ओली र प्रचण्डसँग हात उठाएर के गरेको हो भन्ने धेरैलाई परेको छ । मैले प्रष्टै भनेको छु, सुरुदेखि नै मैले उहाँहरुसँग मिल्ने, कम्युनिष्ट पार्टीमा जाने, मैले कहिले पनि भनेको छैन । खाली म त संघीय लोकतान्तिक गणतन्त्र ल्याउनका निम्ति अग्रपंत्तिमा लडेको मान्छे हो त ।

    यो त्यति सजिलै बनेको छ रु’ उनले भने, ‘यो संविधानलाई एकथरीले मन पराएकै छैनन् । देशभित्रकै राजावादीहरुले यो भत्कियोस् भनेर बसेका छन् । अर्को ठूलो छिमेकीले नोटमात्रै गरेर बसिरहेको छ, स्वीकार गरेको छैन ।

    images

    यहीपनि खस्यो भने के गर्ने रु हामीले त आधा गिलास भरी, आधा खाली भनेका थियौं । आधा गिलासलाई समातेर भर्ने भनेको पो हो त । तानातानमा आधा गिलास नै घोप्टियो भने के गर्ने भन्ने अर्थमा घोप्टिन नदिन पनि प्रचण्ड–ओलीसित पनि ठीकै छ त भनेकै हो । आधा गिलास बचाउनको निम्ति र शान्ति प्रक्रियाको बाँकी कामको निम्ति मिलौं भनेको हो ।’

    images

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - १७:५२:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij