• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसका भ्रष्टहरु नपक्रिने शर्तमा वर्तमान सरकार बनेको छः महासचिव भुसाल

कांग्रेसका भ्रष्टहरु नपक्रिने शर्तमा वर्तमान सरकार बनेको छः महासचिव भुसाल

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 4.0K
    SHARES
  • images
    कांग्रेसका भ्रष्टहरु नपक्रिने शर्तमा वर्तमान सरकार बनेको छः महासचिव भुसाल
    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कांग्रेसका कोही पनि भ्रष्ट नेताहरु नपक्रिने शर्तका साथ वर्तमान सरकार बनेको दाबी गरेका छन् । 
     पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसका कोही पनि भ्रष्ट नपक्रिने शर्त पालना गरेकै कारण शेरबहादुर देउवाले अहिले दिनदिनै ओलीजीले राम्रो गर्नुभएको छ भनिरहेको उनले बताए।

    images

    देखाउनका लागि ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफ्नै केही नेताहरु पक्रिए पनि कांग्रेसलाई नछुने उनको दाबी छ । ‘ओलीजीले दिनदिनै राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ हाम्रो देउवाजीले । किनभने कांग्रेसका कोही पनि भ्रष्टहरु नपक्रिने कुराको ग्यारेन्टी छ । यतिबाहेक केही छैन । यो चाहीँ ओलीजीले ग्यारेन्टी गर्नु भएको छ । कांग्रेस चाहीँ उहाँले छुनुहुन्न,’– उनले भने ।

    साथै, एमाले र कांग्रेसको वर्तमान गठबन्धनले कुनै निकास नदिने उनको दाबी छ । नेकपाकै सरकार हुँदा पनि ओली इमानदार नभएको बताउँदै उनले यो सरकार बसुन्जेल नालायकी बनिरहने र दमनकारी भएर जाने उनको दाबी छ ।

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - ०९:२७:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij