• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मेषलाई मालामाल, तुलालाई प्रेम, कुम्भलाई सकस, कर्कटलाई दशा, यस्तो छ तपाईंको आजको भाग्यफल

मेषलाई मालामाल, तुलालाई प्रेम, कुम्भलाई सकस, कर्कटलाई दशा, यस्तो छ तपाईंको आजको भाग्यफल

images

प्रभाव न्यूज

२७ माघ २०८१
  • 4.9K
    SHARES
  • images
    मेषलाई मालामाल, तुलालाई प्रेम,  कुम्भलाई सकस, कर्कटलाई दशा, यस्तो छ तपाईंको आजको भाग्यफल
    images
    images
    images

    आज २०८१ साल माघ २७ गते आइतबार माघ शुक्ल पक्षको द्वादशी तिथि। चाँगुनारायण मेला। तदनुसार सन् २०२५ फेब्रुअरी ९ तारिख।

    images

    मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साथीसँगको सहकार्यले फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवनरसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

    वृष : बोलीकै कारण काम बन्नेछ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। बोलीमा सुधार आवश्यक हुनेछ।

    मिथुन : दिन राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रको विवादले मन अशान्त भए पनि समाधानका सुत्र पत्ता लाग्नेछन्। परिवारको सल्लाहले मन शान्त बन्नेछ।

    images

    कर्कट : साना कुरामा झन्झट बढ्नेछ। विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ। परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ। अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ।

    images

    सिंह : दिन राम्रो छ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

    कन्या : शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ। महत्त्वपूर्ण काममा अवरोध हुनेछ। परिवारलाई विश्वास गर्नाले समस्या बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

    तुला : बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ। साथीसँगका शंका कम हुँदै जानेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : दिन सामान्य छ। बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    धनु : दिन राम्रो छ। थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ। विपक्षी साथीकोसमेत साथ मिल्नेछ। तपाईंका योजना कार्यान्वयन हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

    मकर : सञ्चित धन खर्च हुनेछ। साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : सानो कुराले काममा अवरोध गर्नेछ। सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ।

    मीन : अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। सहकर्मीले साथ दिनेछन्। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

    images
    images

    प्रकाशित :माघ २७, २०८१ आइतवार - ०६:१६:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij