• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


यस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ?

यस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ?

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    यस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने प्रबल योग हुन्छ ?
    images
    images
    images

    समाजमा एक पुरुषले एकमात्र महिलासँग विवाह गरे सामान्य मानिन्छ । तर, एक पुरुषले दुईभन्दा बढी महिलासँग विवाह गरेका प्रशस्त उदाहरण हामीले देखेका छौँ, सुनेका छौँ । हरेक पुरुष वा महिलाले बहुविवाह गर्दैनन् ।

    images

    तर केहीले कानूनले बर्जित भए पनि बहुविवाह गरेका छन् । विवाहको प्रसंगमाथि चर्चा गर्दा सामाजिक तथा धार्मिक कुराको पनि महत्व रहने गर्छ ।


    हरेक ब्यक्तिको विवाह उसको स्वभाव, संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ । ज्योतिश शास्त्रीय मान्यताअनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ । जसअनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एक भन्दा बढी विवाहको योग हुन सक्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ ।

    ब्यक्तिको कुण्डलीमा बहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ : जानी राखौँ ।

    images


    - जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ ।

    images

    - ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन् ।

    - कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ ।

    - जब ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ ।

    -कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ ।

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - २१:५६:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij