नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँला ठगेको बताएका छन् ।
अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताएका हुन् ।
काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताएका हुन् ।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए । ‘त्यही प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधन गर्नुछ भन्ने ? गफै हाँकेको हो भने त्यो गफको के काम ?’ उनले प्रश्न गरे ।