• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ओली र देउवाले अत्यन्तै माया गरेर भन्नुभएको छ –निर्णय शनिबार हुन्छ : उपेन्द्र यादव

ओली र देउवाले अत्यन्तै माया गरेर भन्नुभएको छ –निर्णय शनिबार हुन्छ : उपेन्द्र यादव

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 2.9K
    SHARES
  • images
    ओली र देउवाले अत्यन्तै माया गरेर भन्नुभएको छ –निर्णय शनिबार हुन्छ : उपेन्द्र यादव
    images
    images
    images

    काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे पार्टीको औपचारिक धारणा शनिबार आउने बताएका छन् । कांग्रेस एमालेले अध्यादेश जारी गर्दा आफूहरुसँग कुनै छलफल नगरेको र जसपाका लागि सरकार प्राथमिकतामा नरहेको यादवले स्पष्ट पारेका छन् ।

    images

    अध्यादेशलाई लिएर जसपाले मन्त्री र मुख्यमन्त्रीका लागि बार्गेनिङ गरेको भनेर मिडियामा आएको प्रचार ‘हावादारी’ भएको यादवले बताए ।


    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार बिहान भएको भेटमा सरकारबारे कुनै कुरा नभएको यादव बताउँछन् । भेटमा ओली र देउवाले अध्यादेश पारित गर्न सहयोग मागेको र आफूहरुले यसबारे शनिबार मात्र निर्णय दिन सक्ने जवाफ दिएको अध्यक्ष यादवले खबरहबसँग बताए ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सांसद राजकिशोर यादवले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भेटका क्रममा जसपाका दुई नेताले आफूलाई सरकारमा सहभागी गराउन केन्द्रमा भए गृहमन्त्री र स्वास्थ्य मन्त्रीमध्ये एक र प्रदेशमा भए मधेस प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग समाचार बाहिर आएको थियो । तर, जसपा अध्यक्ष यादव सरकारबारे कुरै नभएको दाबी गर्छन् ।

    images


    उनी भन्छन्, ‘म अचम्मित छु । यी सबै हावादारी कुरा हुन् । म आफैँ यो कुरा सुनेर छक्क परेँ । कसले त्यो कुरा गरेको हो रु भित्र त्यो कुरा नै भएको छैन ।’

    images

    यसैबीच, जसपाले अध्यादेशबारे पार्टीको ठोस धारणा निर्माणका लागि अध्ययन गर्न राजकिशोर यादवको नेतृत्वमा आन्तरिक कार्यदल बनाएको थियो, जसले अध्यादेशलाई समर्थन गर्न नसकिने रायसहितको ६ पृष्ठ लामो प्रतिवेदन पार्टी अध्यक्ष यादवलाई बुझाइसकेको छ ।

    सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्नका लागि राष्ट्रिय सभामा जसपा नेपालका तीन सांसदले सहयोग नगरेसम्म बहुमत पुग्दैन । माथ्लो सदनमा बहुमत पुगेन भने सरकारले ल्याएका सबै अध्यादेश फेल हुनेछन् र सरकार नैतिक संकटमा पर्नेछ । यही कारणले गर्दा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपाका नेताहरुसँग विहीबार गुहार मागेका हुन् ।

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ०९:१४:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij