संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक ल्याएकोमा प्रतिवाद गरेपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रतिपश्न गरेका छन् ।
प्रचण्डको सम्बोधनलगत्तै सामाजिक सञ्जालबाटै जवाफ दिएका रिमालले टिकटक प्रतिबन्ध लगाउने व्यक्तिले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेको भन्दै प्रश्न गरेका हुन् ।
रिमालले भनेका छन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” को सम्बोधन सुन्दैछु ।
एउटा प्रश्न नि, आफू प्रधानमन्त्री हुँदा चर्चित सामाजिक सञ्जाल टिकटकमाथि जसले प्रतिबन्ध लगायो, उसैले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालनको तर्क गर्ने रु पत्रकार कनकमणि दीक्षितले उहाँलाई त्यसै मझबनयनगभ ९जनतालाई भड्काएर उनीहरूको भावनामा खेलेर सत्तामा रहने दुर्जन नेता० भन्नु भएको होइन रहेछ ।’