• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?

सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 2.9K
    SHARES
  • images
    सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?
    images
    images
    images

    काठमाडौँ -  प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकार कहाँ छ भनेर संसदमा सार्वजनिक प्रश्न सोधेकी छिन् । उनले जनसरोकारका विषयलाई वेवास्ता गर्दै भ्रष्टाचारीको संरक्षणमा लागेको बताएकी छिन् ।   

    images

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै माओवादी सांसद माझीले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजना अलपत्र परेको बताइन् ।
    उनले भनिन्– ‘पृथ्वी राजमार्ग विस्तारको नाममा मुग्लिन नौविसे सडक खण्ड अस्तव्यस्त छ, सडक वरिपरिका बस्तिहरू धुलो र धुवाँले पुरै ढाकिएका छन्, तोकिएको समयमा सडक निर्माण सकिने सम्भावना देखिँदैन । यसले गर्दा सडक आसपासका  जनता र यात्रुको स्वास्थ्यमा गम्भीर समस्या आउने देखिन्छ भने पर्यटकहरू सडक यात्रा गर्न नचाहेको देखिन्छ।’

    उनले अगाडि थपिन्– ‘ग्वार्कोमा निर्माणाधीन फ्लाइ ओेभर निर्माणमा अख्तियार र कर्मचारीका कारण ठेकदार भागेर निर्माण कार्य अवरुद्ध भएको छ । राष्ट्रिय गौरवका आयोजना अलपत्र छन् । सरकार जनसरोकारका विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्नेगरी जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने गरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ ।’ 
    उनले राजमार्ग निर्माणको काम छिटो सक्न, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन र जातिय विभेद संरक्षण गरेको विषयमा जवाफ दिन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।

     

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १८:५९:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij