• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 2.3K
    SHARES
  • images
    बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
    images
    images
    images

    काठमाडौँ - रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । 
    लामिछानेमाथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

    images

    न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

    जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए । 

    त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा नारायणदत्त कँडेलले बहस गरेका थिए ।  

    images

     

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १८:३०:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij