• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 5.2K
    SHARES
  • images
    अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
    images
    images
    images

    काठमाडौं - संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् ।

    images

    राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

    सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।


    लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले  नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

    images

    ‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो,’ कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै एक नेताले भने ।

    images


    यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

    जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १३:४८:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij