• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने

भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 4.2K
    SHARES
  • images
    भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
    images
    images
    images

    धनगढी - नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।

    images

    आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

    उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’
    यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।
    उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरेका छन् ।

     

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - १२:५३:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij