• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रास्वपाले रविको नाममा सदन तताउने

रास्वपाले रविको नाममा सदन तताउने

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 3.8K
    SHARES
  • images
    रास्वपाले रविको नाममा सदन तताउने
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने भएको छ ।

    images

    आज बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो । सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन् ।

    संसदमा दर्ता भएका अध्यादेश, आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिइन् । ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौं । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषय थिए', डाँगीले भनिन्, 'अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा र सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौँ ।'

    रास्वपाले संसदमा दर्ता गरेको अध्यादेश अस्वीकारको सूचनामा बोल्ने सांसदहरु नाम पनि टुंगो लगाएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - ०९:२२:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij