• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


काण्डमा संलग्न बा होस् कि मामा‚ सबैलाई कारबाही होस् : गगन थापा

काण्डमा संलग्न बा होस् कि मामा‚ सबैलाई कारबाही होस् : गगन थापा

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 3.5K
    SHARES
  • images
    काण्डमा संलग्न बा होस् कि मामा‚ सबैलाई कारबाही होस् : गगन थापा
    images
    images
    images

    नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले काण्डमा संलग्न बा होस् कि मामा सबैलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

    images

    नेपाली काँग्रेस पर्वत क्षेत्र (ख)ले जिल्लाको पैयुँ गाउँपालिकाको हुवासमा आयोजना गरेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

    थापाले भने, ‘अबको तीन वर्षमा कुनै पनि काण्डको बारेमा जनताले सुन्न नपरोस्। सुनेका काण्डको जरासम्म पुगेर अनुसन्धान होस्।

    काण्डमा संलग्न बा होस् कि मामा होस्। नयाँ होस् कि पुरानो होस् सबलाई कारबाही होस्।’

    images

    सहकारी ठग्ने, घुस खाने, विदेशमा मान्छे पठाउने जो कोहीलाई पनि तुरुन्त कारबाही हुनुपर्ने उनले माग गरे।

    images

    त्यसो गर्दा आफ्नै पार्टीभित्रका कैयौँ मान्छे पर्न सक्ने भए पनि त्यो सबैले स्वीकार गर्नुपर्ने तर बचाउमा लाग्न नहुने  महामन्त्री थापाको भनाइ छ।

    यसैगरी उनले गिरिजाको ३६ महिना, बीपीका १८ महिना र मनमोहनका नौ महिनाका कामलाई बिर्साउने गरी उत्कृष्ट काम गर्नुपर्ने बताएका छन्।

    अबका तीन वर्ष कोही पनि नेताका काण्ड नआउने गरी सरकारले काम गर्नुपर्ने सुझाएका हुन्। यो सरकारसँग त पूरै तीन वर्ष भएको उल्लेख गर्दै यो समयमा गनगन नगरी गिरिजा र बीपीका कामलाई बिर्साउने गरी काम गर्नुपर्ने आग्रह गरे।

    लगानीपछिको नाफा लैजान्छ भन्ने डर पालेकै कारण विदेशी लगानीकर्ता नआएको भन्दै उनले कीर्तिपुरको डाँडामा बसेर युवाले २-३ लाख रुपैयाँ मासिक कमाउने गरी सीपको सदुपयोग हुनुपर्ने उनले बताए।

    ‘सबै कुरा बिग्रियो भन्दै हिँड्ने हो भने अब कहाँको जादुगर ल्याएर काम गरौँ?  नेपालमा जादुगर चाहिन्छ भन्ने सोचले डुबायो’, उनले भने, ‘५०–६० को दशक हिंसामा गयो, ६०– ७० को दशक सङ्क्रमणमा गयो, ७०–८० को दशक संविधानमा गयो अब ८०–९० को दशक काँग्रेसको नेतृत्वमा सबैलाई मिलाएर समुन्नतिको दशक बन्नुपर्छ।’

    समुन्नतिको दशकमा नागरिकलाई धनी बनाउने‚ प्रत्येक नेपालीको आय अहिलेको भन्दा तेब्बर हुनुपर्ने, देशको स्तर चार गुणा उठाउने सङ्कल्प हुनुपर्ने, आन्दोलन गर्ने वेला सडक प्रयोग गरेझैँ विकासका लागि सरकारको प्रयोग गर्नुपर्ने महामन्त्री थापाको धारणा छ।

    माओवादी र मधेशवादी दललाई विगतको जटिल अवस्थामा समेत मिलाएको काँग्रेसले अब पनि उनीहरूलाई सँगै लिएर देशका लागि सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

    अहिलेको मुख्य समस्या भनेको लाखौँको तन्नेरीले काम नपाएर निराश हुनु रहेको उनले बताए।

    काँग्रेसले अब घोषणापत्र लिएर नभई परिणाम पत्र लिएर जनताको माझमा जानुपर्ने भन्दै उनले २०८१ मा काँग्रेसले चुनाव जितेर सत्तामा बसेपछि अबको चुनावमा कार्य प्रगति जनताको माझमा लैजान अनुरोध गरे।

    सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राम्रा कुरामा कसैले पनि लाइक र कमेन्ट नगरेको भन्दै सामाजिक सञ्जालको प्रयोगमा सचेत रहन कार्यकर्तालाई अनुरोध गरे।

    वि.सं. २००७ सालमा काँग्रेसले गरेको आन्दोलनकै कारण अहिलेको लोकतन्त्रको अवस्था आएको भन्दै उनले चटके पार्टीहरूले यो कुरा दाबी गर्न सक्छन्? भन्दै प्रश्न गरे।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - २१:१०:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij