• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नेपाल बन्दैछ र हामी बनाउँछौ – गगन थापा

नेपाल बन्दैछ र हामी बनाउँछौ – गगन थापा

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 3.7K
    SHARES
  • images
    नेपाल बन्दैछ र हामी बनाउँछौ – गगन थापा
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको टिप्पणी गरेका छन् । सरकारले कामको गति बढाउनुपर्ने थापाले बताए ।

    images

    पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए।

    ‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ। यो गराउने जिम्मा कस्को हो त?’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।’

    नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए। निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताए।

    images

    महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क गरे । संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताए ।

    images

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - १८:१४:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij