• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अद्यादेश पास गर्न उपेन्द्र यादव निर्णायक, मौन बिसिदिंदा ओली-देउवामा बढ्यो खटपट्टी

अद्यादेश पास गर्न उपेन्द्र यादव निर्णायक, मौन बिसिदिंदा ओली-देउवामा बढ्यो खटपट्टी

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 7.3K
    SHARES
  • images
    अद्यादेश पास गर्न उपेन्द्र यादव निर्णायक, मौन बिसिदिंदा ओली-देउवामा बढ्यो खटपट्टी
    images
    images
    images

    काठमाडौँ - संसदमा पेश भएको अध्यादेश पारित गर्न प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएपनि राष्ट्रिय सभामा समस्या पर्ने देखिएको छ।

    images

    ५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ ।

    तर सत्तापक्ष नेपाली कांग्रेसका १६, एमालेका १० र लोसपाका १ सांसद छन् । मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्तापक्षसँग २८ सांसद पुग्ने देखिन्छ ।

    वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्वीप लाग्दैन । बामदेवले कता साथ दिन्छन् भन्ने खुलेको छैन। राष्ट्रिय सभाको पछिल्लो गणितलाई हेर्दा अध्यादेशससिहत कुनैपनि विषयमा बहुमतले निर्णय गर्न ३० जना सांसद आवश्यक पर्छ तर तत्काल त्यो संख्या नहुँदा सत्तापक्षलाई सकस पर्ने देखिन्छ।

    images

    यस्तो अवस्थामा जसपाको साथ सरकार पक्षले खोज्ने देखिएको छ ।

    images

    राष्ट्रिय सभामा जसपाका ३ सांसद छन् । जसपाले सरकारलाई समर्थन गरेपनि यो पार्टी सरकारमा सहभागी छैन । राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएपछि सरकार पक्षले जसपासँग साथ मागेको बुझिएको छ ।

    सोही कारण जसपाले सांसद राजकिशोर यादव नेतृत्वमा अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेको छ । उक्त कार्यदलको बैठक मंगलबार बसेर प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदनका आधारमा जसपा संसदीय दलले अध्यादेशमा के गर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ।

    विपक्षी दलबाट राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ र जनमोर्चा १ सांसद छन् । उसो त उपेन्द्रलाई प्रधानमन्त्री केपी ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउवाले टेलिफोन गरिसकेका छन् ।

    देउवा ओलीले फकाउने काम गरेपनी उपेन्द्रले केही जवाफ फर्काएका छैनन।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - ११:४८:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij