• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


निम्तो नदिईएपछि शेखर कोइरालाले बहिष्कार गरे प्रदेश सभापतिको भेला

निम्तो नदिईएपछि शेखर कोइरालाले बहिष्कार गरे प्रदेश सभापतिको भेला

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 6.0K
    SHARES
  • images
    निम्तो नदिईएपछि शेखर कोइरालाले बहिष्कार गरे प्रदेश सभापतिको भेला
    images
    images
    images

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र नेपाली कांग्रेस गण्डकी प्रदेशको ब्यबस्थापनमा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुख लागि संगठन र समसामयिक सन्दर्भमा ‘अभिमुखीकरण कार्यक्रम’ पोखरामा सुरु भएको छ।

    images

    उक्त कार्यक्रममा शीर्ष नेता डा। शेखर कोइरालालाई भने निम्तो नदिएको खुलेको छ । कोइराला निम्ता नपाएपछि उक्त कार्यक्रममा सहभागी भएनन् । कतिपयले शेखरले कार्यक्रम बहिष्कार गरेको चर्चा गरिरहेको बेलामा उनले भने आफूलाई निम्तो नै नगरिएको कुरा आफूनिकट नेताहरुलाई भन्ने गरेका छन्।

    आसन्न १५औं महाधिवेशनलक्षित सक्रियता बढाएका नेता शेखर र सभापति शेरबहादुर देउवाबीच सुमधुर सम्बन्ध देखिँदैन्।

    १४औं महाधिवेशनमा शेखरकै समूहबाट महामन्त्रीमा बाजी मारेका गगन थापापनि अहिले शेखरसँग नरहेको चर्चा छ। गगनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गरेर प्रतिष्पर्धा गर्ने बताईन्छ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १७:३९:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij