• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सरस्वतीप्रति नमन गर्दै प्रधानमन्त्रीले भने–दुष्कर्मको अन्धकार हटोस् 

सरस्वतीप्रति नमन गर्दै प्रधानमन्त्रीले भने–दुष्कर्मको अन्धकार हटोस् 

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 3.3K
    SHARES
  • images
    सरस्वतीप्रति नमन गर्दै प्रधानमन्त्रीले भने–दुष्कर्मको अन्धकार हटोस् 
    images
    images
    images

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

    images

    वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,  प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका हुन्। 

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, ‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ। श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।’ 

    उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन्।

    images

     

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १०:४०:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij