• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमाले फुटाउन माधवलाई रामकुमारीको त्यो हात, अध्यादेशमा अहिले ओलीलाई साथ

एमाले फुटाउन माधवलाई रामकुमारीको त्यो हात, अध्यादेशमा अहिले ओलीलाई साथ

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 3.6K
    SHARES
  • images
    एमाले फुटाउन माधवलाई रामकुमारीको त्यो हात, अध्यादेशमा अहिले ओलीलाई साथ
    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएकी छन् ।

    images

    आफ्नो पार्टी एकीकृत समाजवादी पनि अध्यादेशमार्फत नै जन्मिएकाले कम्तिमा त्यो पार्टीमा रहेका नेताहरुले अध्यादेशको विरोध गर्न नहुने उनको तर्क छ । २०७८ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि एमाले विभाजन भएको थियो ।

    तत्कालीन सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिने व्यवस्था गरिएको थियो । तत्कालीन समयमा सरकारले एमाले विभाजनकै लागि उक्त अध्यादेश ल्याएको थियो । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेको छ । एकीकृत समाजवादी सरकारविरुद्ध विपक्षी मोर्चा नै बनाएर अगाडि बढिरहेको छ ।

    एकीकृत समाजवादी स्थापना कालमा सचिव भएर काम गरेकी अनि एमाले विभाजनमा भूमिका खेलेको ब्याजस्वरुप मन्त्री बनेकी झाँक्री यतिबेला त्यही पार्टीप्रति उदासिन छिन् ।

    images

    उनी पार्टीका कार्यक्रमहरुमा पनि विरलै देखिन्छिन् । एमाले विभाजन गराउन झाँक्रीको निकै ठूलो हात छ ।

    images

    पार्टी अध्यक्ष माधव नेपाललाई हात समाएर डोहोर्याउँदै निर्वाचन आयोगमा पुर्याएको उनको फोटो निकै चर्चित बनेको थियो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट झाँक्री गुल्मी क्षेत्र नं. २ को उम्मेदवार थिईन् ।

    सो निर्वाचनमा झाँक्री पराजीत भईन् । प्रतिस्पर्धी रहेका एमाले नेता गोकर्ण विष्ट विजयी भए । पराजनीति हुँदै गर्दापनि झाँक्रीले सम्मानजनक मत पाएकी थिईन् । विष्टले २०४७६ मत प्राप्त गर्दा झाँक्रीले २६४४२ मत पाएकी थिईन् । प्रतिनिधि सभाको निर्वाचनमा पराजय व्यहोरेकी झाँक्रीले पार्टीको आन्तरिक निर्वाचनमा समेत पराजय व्यहोर्नु पर्यो ।

    उनी पार्टीको १०औं महाधिवेशनमा जयन्तीदेवी राईसँग महिला उपाध्यक्षमा पराजीत भईन् । पराजीत भएको रन्कोमा एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिन पुगेकी झाँक्रीले अब जिन्दगीमा कलम चिन्ह लिएर चुनाव नलड्ने घोषणासमेत गरिन् । यता नेकपा (एमाले) का नेताहरु ढिलो चाँडो एकीकृत समाजवादी रित्तिनै उद्घोष गरिरहेका छन् । माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेताहरु पूरानै घर फर्किने एमाले नेताहरुको दाबी रहेको छ।

    नेतृ झाँक्रीले भने एमालेमा फर्किँदै गर्दा वा अन्य कुनै पार्टीमा जाँदै गर्दा आफू एक्लै नजाने बताउँदै आएकी छन्। आज (आइतबार) नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा नेतृ झाँक्रीले पार्टीका नेताहरुले अध्यादेशको विरोध गर्न नसुहाउने बताईन् । अध्यादेश ल्याएरै एमाले फुटाएको स्मरण गराउँदै उनले एकीकृत समाजवादीले विरोध गर्नु मनासिव नहुने उनको तर्क छ ।

    ‘म संलग्न रहेको राजनीतिक दलको अध्यक्षसहितले अध्यादेशको विरोध गर्नुभयो भन्ने चाही मनासिव लाग्दैन । तर्क संगत पनि लाग्दैन । पार्टीको स्थायी कमिटीमा अध्यादेशको विरोध गर्ने वा नगर्नेबारे छलफल पनि भएको छैन । अध्यादेश ल्यानै हुँदैन भन्ने पनि होईन ।

    हामीले अध्यादेश ल्याएर नेकपा (एमाले) फुटाएको हो । हामीलाई त्यतिबेला अध्यादेश चाहिएको थियो । आफूले जे कुरा गरिएको छ, अरुले त्यही गर्दाखेरी गलत भयो भन्ने कुरा त्यति राम्रो देखिँदैन,’– उनले भनिन् । अध्यादेश सरकारले काम गर्ने सन्दर्भमा सुविधा प्रयोग गर्नकै लागि ल्याउने अभ्यास रहेको उनले बताईन् ।

    विपक्षमा रहेर राइलो गर्ने चलन ठीक नरहेको उनको भनाइ छ । त्यही काम गर्दा ठीक, अरुले गर्दा बेठीकजस्ता मौसमी तर्कहरु गर्न नहुने उनले बताईन् । मौसमी रुपमा गरिने विरोध र अस्थिरताको कारण नै जनतामा राजनीतिप्रति नकरात्मक जनमत निर्माण भएको उनले बताईन् ।

    ‘हामीले के सम्म गर्यौं भने प्रतिपक्षको मोर्चा बनाएर कोही मान्छे ठगीमा समातिएको छ भनेपनि त्यो माथि अन्याय भयो भनेजस्तो प्रतिपक्षले रोइलो गरेका छन् । मौसमी राजनीतिक मुद्दा चाहिँ उठाउन हुँदैन,’– उनले भनिन् ।

    झाँक्री यतिबेला आफ्नै सक्रिय भूमिकामा निर्माण भएको पार्टीमा पछिल्लो समय चुपचाप छिन् भने सरकारको गतिविधिलाई अप्रत्यक्ष रुपमा समर्थनमा छिन् । उनको पछिल्लो क्रियाकलापले एमाले नेताको दाबीलाई समर्थन गरिरहेको छ ।

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - २०:५८:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij