• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावलको अभियानमा सक्रिय रहेको भन्‍दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

भीम रावलको अभियानमा सक्रिय रहेको भन्‍दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 6.0K
    SHARES
  • images
    भीम रावलको अभियानमा सक्रिय रहेको भन्‍दै सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित
    images
    images
    images

    धनगढी-  नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्‍दै प्रदेश सदस्‍यसहित ५ जना नेतालाई निष्कासित गरेको छ ।

    images

    एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।

    उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

    उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।

    images

    यस्तै, प्रदेश सदस्‍य बिकले स्पष्टीकरण नदिएको, अन्य तीन जनालाई ३/३ महिनाका लागि निलम्बन गरिएकोमा रावलको अभियानमा संलग्न भएर पार्टी र नेतृत्वविरूद्व लागेको देखिएकोले निष्कासन गरिएको सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images

    उनीहरूलाई प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा (१) बमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - २०:३७:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij