• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसमा गगन गुटको उदय

कांग्रेसमा गगन गुटको उदय

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 8.3K
    SHARES
  • images
    कांग्रेसमा गगन गुटको उदय
    images
    images
    images

    काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेका छन्। १५औं महाधिवेशनलक्षित थापाले नयाँ गुट खडा गरेका हुन् ।

    images

    उनलाई अहिलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ रहेको छ। शर्माकै जोडबलमा थापाले पार्टीभित्र नयाँ गुटको शुभारम्भ गरेका हुन्।

    अहिलेसम्म विभिन्न गुटबाट प्रतिष्पर्धा गर्दै आएका थापाले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका हुन्। अहिले शेखरसँग उनको सम्बन्ध नराम्रोसँग चिसिएको छ। शेखर १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका थिए।

    शेखरले १५औं महाधिवेशनमा पनि सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक रुपमै घोषणा गरेका हुन् ।

    images

    त्यहीअनुसार उनले आफ्नो तयारी गरेका छन्। कतिपयले अहिले गगन सभापति शेरबहादुर देउवासँग सुलह गरेको आरोप लगाउन थालेका छन् । तर, थापा भने शेखर र शेरबहादुर दुवैसँग टाढा छन्।

    images

    उनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गर्ने निश्चित् भएको उनीनिकट उच्च स्रोतको दाबी छ । थापाले युवाहरुको नेतृत्वमा उपस्थिति हुने भन्दै त्यहीअनुसारको गतिविधि बढाएका छन् । गगनले आसन्न महाधिवेशन ०८४ को आम निर्वाचनभन्दा अघि नै हुनुपर्ने कुरा सार्वजनिक रुपमै स्पष्ट गरिसकेका छन् । महाधिवेशनको पूर्वनिर्धारित क्यालेण्डर प्रभावित हुन नदिने थापाको जोड छ।

    कतिपयले ०८४ को निर्वाचनपछि मात्रै १५औं महाधिवेशन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । यसरी आवाज उठाउनेहरुमा देउवानिकट सांसहदरु रहेका छन् । तर, थापाले त्यसको काउन्टरमा १५औं महाधिवेशन निर्धारित मितिमै हुने भन्दै संस्थापन पक्षसामू दवावमूलक चूनौति पेश गरेका छन् । थापाले आफ्नो गुटमा युवा नेता प्रदीप पौडेललाई समेटेका छन्।

    अहिले प्रदीप र गगनको दोस्ती एकदमै उच्चस्तरको रहेको सूत्रहरुको दाबी छ। प्रदीपलाई स्वास्थ्यमन्त्री बनाउन थापाले नै भूमिका खेलेको बताईन्छ। १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्वार बन्दा अहिलेका महामन्त्री विश्वप्रकाशलाई उपसापति बनाउने र प्रदीपलाई महामन्त्री बनाएर युवाहरुको टिम खडा गर्ने गगनको तयारी छ। यसरी नै उनले अहिलेदेखि नै टिम सक्रिय बनाएका छन्।

    ०८४ को निर्वाचनपछि थापाले आफू देशको नेतृत्वमा पुग्ने महत्वकांक्षा पालेका छन्। उनले ०७९ को निर्वाचनलगत्तै नै भावी प्रधानमन्त्रीको रुपमा आफूलाई पेश गरेका थिए। संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध मैदानमासमेत उत्रिए । तर, उनी देउवासँग नमिठो हार व्यहोर्न बाध्य भए।

    थापाले आफूसँग संख्या पुगेको दिन दलको नेताबाट देउवालाई विस्थापित गरेरै छाड्ने उद्घोष बेलाबेलामा दोहोर्याउने गरेका छन्।

    यो बीचमा उनले देउवा र शेखर दुवै समूहका असन्तुष्ट नेताहरुसँग निरन्तर सम्वाद जारी राखेका छन्।

    पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गरेको सन्देश प्रवाह गरेर थापाले आफ्नो गुट शसक्त बनाउनेगरि आफूलाई मुभ गरेका छन्। यसको प्रभाव छिट्टै देखिनेछ । -ReportersNepal

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - १९:२२:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij