• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हामीले अध्यादेशबाटै एमाले फुटाएको हो, रोइलो गर्नुको तुक छैनः रामकुमारी झाँक्री

हामीले अध्यादेशबाटै एमाले फुटाएको हो, रोइलो गर्नुको तुक छैनः रामकुमारी झाँक्री

images

प्रभाव न्यूज

२० माघ २०८१
  • 3.5K
    SHARES
  • images
    हामीले अध्यादेशबाटै एमाले फुटाएको हो, रोइलो गर्नुको तुक छैनः रामकुमारी झाँक्री
    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) कि नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्न नमिल्ने बताएकी छन् ।

    images

    आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमै रहेकाले यसलाई गलत ढंगले ब्याख्या गरिन नहुने बताएकी हुन् । ‘अध्यादेशको सुविधा संविधानतः सरकारलाई छ । संवैधानिक व्यवस्था नै भएको हिसाबले सरकारले आफ्नो सु्विधा प्रयोग गरेको हो ।

    अब यो सुविधा लिन हुन्थ्यो, हुँदैन थियो, त्यसले के फरक पार्यो भन्ने कुरा चाहीँ हेर्नुपर्छ । अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्ने कुरा होईन ।

    अध्यादेश के प्रयोजनको लागि ल्याइयो भन्ने पनि हो । कि यो सुविधा नै राख्न हुँदैन । अब संसद् चालु भइसकेको छ । अध्यादेशकै आधारमा सरकारको विरोध गरिहाल्न पनि हुँदैन,’– उनले भनिन् ।

    images

    सरकारले काम गर्ने सन्दर्भमा सुविधा दिनकै लागि अध्यादेश ल्याइने उनले बताईन् । सबै चिजमा प्रतिपक्षको मोर्चा बनाएर रोइलो गर्नुको आवश्यकता नरहेको बताए । अध्यादेश ल्याएर नेकपा (एमाले) विभाजन गरेको बिर्सन नहुने उनको भनाइ छ ।

    images

    ‘अध्यादेश ल्याउनै हुँदैन भन्ने पनि होईन । हामीले अध्यादेश ल्याएर नेकपा (एमाले) फुटाएको हो । हामीलाई त्यतिबेला अध्यादेश चाहिएको थियो । आफूले जे कुरा गरिन्छ, अरुले त्यही कुरा गर्दा गलत भयो भन्ने कुरा त्यति राम्रो देखिँदैन।

    images
    images

    प्रकाशित :माघ २०, २०८१ आइतवार - १२:१४:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij