• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस-एमालेसहितको शक्तिशाली सरकार भ्रष्टाचारको फाइल पल्टाउनै डरायोः प्रभु साह

कांग्रेस-एमालेसहितको शक्तिशाली सरकार भ्रष्टाचारको फाइल पल्टाउनै डरायोः प्रभु साह

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 3.8K
    SHARES
  • images
    कांग्रेस-एमालेसहितको शक्तिशाली सरकार भ्रष्टाचारको फाइल पल्टाउनै डरायोः प्रभु साह
    images
    images
    images

    काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले कर्मकाण्डी काम मात्रै गरेको टिप्पणी गरेका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकासका लागि केही पनि गर्न नसकेको उनको दाबी छ । ‘सरकारको मनपरी कर आतंकको बिरोध गरौं, भ्रष्टाचार विरुद्धको संघर्षमा अघि बढौं’ भन्ने मुल नारासहित आज पोखरामा आजपाद्धारा आयोजित गण्डकी प्रदेश स्तरीय ‘कर आतंक विरुद्धको बृहत भेला’लाई सम्बोधन गर्दै अध्यक्ष साहले पोखराका उधोगी व्यवसायीबाट कर लिने तर पोखराको पर्यटकीय विकासका लागि सरकारले चासो नदिएको आरोप लगाए ।

    ‘सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । तर पोखराको पर्यटकीय विकासका लागि सरकारले के–के गरेको छ ? प्रधानमन्त्री केपी शर्मा ओलीसंग मेरो प्रश्न छ– पोखराका उधोगी, व्यवसायीसंग कर लिने तर पोखराको पर्यटकीय विकासमा चासो नदिने ?’ अध्यक्ष साहले भने, ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले गरेको काम के हो ? सरकारको योजना के छ ? रणनीति के बनाएको छ ? किन पोखराको बिकास भएन ? यसको बारेमा प्रधानमन्त्रीले पोखरावासीलाई जवाफ दिनुपर्छ ।’

    पोखराका उधोगी, व्यवसायीसँग सरकारले मनोमानी कर लिईरहेको भएपनि यहाको पर्यटकीय सम्पदाको जर्गेना समेत गर्न नसकेको उनले बताए । विकासमा ध्यान नदिएको सरकारले कुन नैतिकताले कर लिईरहेको भन्दै उनले प्रश्न उठाए । पोखरामा पर्यटकीय प्रहरी न्यून मात्रामा रहेको बताउदै ती पर्यटकीय प्रहरीकै बेहाल रहेको साहले बताए ।

    images

    पर्यटकीय प्रहरीकै अवस्था कहालिलाग्दो रहेको बताउदै उनले पर्यटकको शान्ति, सुरक्षाको काम कसरी प्रभावकारी हन्छ भन्ने बारेमा उनले सरकारसंग प्रश्न गरेका छन् । साथै बैदेशिक पर्यटकलाई भित्रयाउनका लागि सरकारसंग कुनै योजना नै नभएको र झण्डै दुई तिहाई बहुमतको सरकार हचुवाको भरमा मनोमानी अध्यादेशमार्फत चलिरहेकाले जनताले यो सरकार फाल्न खोजिरहेको बताए । अध्यक्ष साहले कांग्रेस–एमालेको शक्तिशाली सरकार ठूला भ्रष्टाचारका काण्डको फाईलका पाना नै पल्टाउन डराएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र अरुलाई गर्न पनि नदिने भन्ने गरेपनि भ्रष्टाचारीलाई संरक्षण गरिरहेको उनको आरोप छ ।

    images

    ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्नुहुन्छ । उहाँ दुधले नुहाएको हो भने मन्त्रिपरिषदले गर्ने निर्णयमा पनि छानविन गर्ने नीतिगत निर्णयबाट किन पछि हटनुहुन्छ ? यदि उहाँ साच्चै नै भ्रष्टाचारीलाई कारबाही गर्न चाहनुभएको हो भने सम्बन्धित निकायले मन्त्रिपरिषदको निर्णयमा पनि छानबिन गर्न दिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘गफ गरेर मुलुक बन्दै । ठूला–ठूला गफ गर्ने तर ठूला भ्रष्टाचारको पाना नै नपल्टाउने । भ्रष्टाचारीलाई कारबाही गर्नबाट पछाडि हटेर प्रधानमन्त्रीले कसरी सुशासन कायम गर्न चाहेको हो ?’

    गिरीबन्धु टि स्टेट, वाइडबडी, नक्कली भुटानी शरणार्थी, यतीओम्न्नीलगायतका ठूला भ्रष्टाचारहरुमा दलाल दलतन्त्रका ठेकेदार नेता नै संलग्न रहेकाले सरकार यी भ्रष्टाचार काण्डको छानबिन गर्न नचाहेको साहले बताए ।

    अहिलेको दलाल दलतन्त्रले भ्रष्टाचार बढाएको र राष्ट्रिय सम्पती लुटेर विदेशमा थुपार्ने काम उच्चओहोदामा बस्ने नेता र सरकार लुटेराबाट भईरहेको उनले गम्भिर आरोप लगाए । राष्ट्रिय ढुकुटी लुटेर विदेशमा थुपार्ने, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिईसकेकाले यहाँको सम्पती विदेशमा लैजाने काम गरिरहेको भए पनि सरकार मुकदर्शक बनेको टिप्पणी उनले गरे ।

    राज्यको ढुकुटी सिध्याइसकेको सरकारले नेपाली जनतामाथि मनोमानी कर थुपार्दै कर आतंक मचाएकाले मनोमानी कर आतंकका विरुद्ध अब सडकमा आउँनुको बिकल्प नभएको उनले बताए ।

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - १८:३८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij