• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रतिनिधि सभा बैठकमा गए तर बोलेनन् प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड

प्रतिनिधि सभा बैठकमा गए तर बोलेनन् प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    प्रतिनिधि सभा बैठकमा गए तर बोलेनन् प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड
    images
    images
    images

    संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ। 

    images

    संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक पनि शुक्रबार दिउँसो १ बजेपछि सुरू भएको थियो।

    प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। त्यसपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिएका थिए।

    प्रधानमन्त्री ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का सचिव योगेश भट्टराई बोलेका थिए।

    images

    त्यसपछि बोल्ने पालो माओवादी केन्द्रको आयो। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोल्ने आकलन गरिए पनि प्रमुख सचेतक हितराज पाण्डे बोल्न गए।

    images

    अधिवेशन सुरू हुँदाका बैठकमा प्रधानमन्त्री, प्रतिपक्षी दल नेता र शीर्ष नेता बोल्ने प्रचलन छ।

    अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्डले अर्को बैठकमा बोल्नेछन्।

    ‘उहाँले अर्को बैठकमा सम्बोधन गर्नु हुनेछ,’ उनले सेतोपाटीसँग भने, ‘दलीय आधारमा बोल्ने हुँदा समयको पावन्दी लाग्नेजस्तो देखियो त्यसैले आज उहाँ बोल्नु भएन।’

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - १५:४६:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij