• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अहिले त प्रचण्ड मलाई नै सिध्याउने षड्यन्त्रमा लागे : डा. बाबुराम

अहिले त प्रचण्ड मलाई नै सिध्याउने षड्यन्त्रमा लागे : डा. बाबुराम

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    अहिले त प्रचण्ड मलाई नै सिध्याउने षड्यन्त्रमा लागे : डा. बाबुराम
    images
    images
    images

    पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।

    images

    बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकाले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए।

    उनले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाए। 

    उनले सहकार्य गरेर गल्ति नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे। उनले मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत स्पष्ट पारे।

    images

    उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटकपटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ। 

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - १२:३८:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij