• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ: महामन्त्री शर्मा

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ: महामन्त्री शर्मा

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ: महामन्त्री शर्मा
    images
    images
    images

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जालसम्बन्धी विधेयक अस्वीकार्य हुने बताएका छन्।

    images

    सरकारले हालै राष्ट्रिय सभामा सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक दर्ता गरेको छ।

    विधेयकमा रहेका कतिपय प्रावधानप्रति विरोध भइरहेको छ। सत्तारूढ कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार पोस्ट गरेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छl’

    उनले आफू पार्टी प्रवक्ता हुँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने पनि उल्लेख गरेका छन्। ‘देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ,’ शर्माको भनाइ छ, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरूरी छ l

    images

    नेपाल पत्रकार महासंघले पनि सामाजिक सञ्जालसम्बन्धी विधेयकका केही प्रावधान अस्वीकार्य हुने बताएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - १२:०२:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij