• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


समाजवादी मोर्चा भए एकठाँउ, विप्लवको कमाण्डमा माघ २४ गते काठमाडौं हल्लाउने 

समाजवादी मोर्चा भए एकठाँउ, विप्लवको कमाण्डमा माघ २४ गते काठमाडौं हल्लाउने 

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 5.8K
    SHARES
  • images
    समाजवादी मोर्चा भए एकठाँउ, विप्लवको कमाण्डमा माघ २४ गते काठमाडौं हल्लाउने 
    images
    images
    images

    काठमाडौं – ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजबादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा भव्य आमसभा गर्ने भएको छ। आज बसेको समाजवादी मोर्चाको बैठकले सो निर्णय गरेको हो।

    images

    त्यस्तै, चैत पहिलो साता मधेश प्रदेशमा सभा गरिने भएको छ। सो सभाको सञ्चालन गर्ने जिम्मा नेकपालाई दिईएको छ।

    बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय पनि भएको छ। आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ।

    बैठकमा तीन कम्युनिष्टघटकहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीका साथै नेपाल समाजवादीको एउटा समूह उपस्थित छ।

    images

    यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहेका बेला उपेन्द्रको पार्टी विभाजन गरिदिएपछि उपेन्द्र उनीसँग रिसाएका छन्।

    images

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १७:२९:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij