• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उचित होइन : प्रदीप ज्ञवाली

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उचित होइन : प्रदीप ज्ञवाली

images

प्रभाव न्यूज

१६ माघ २०८१
  • 4.2K
    SHARES
  • images
    पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उचित होइन : प्रदीप ज्ञवाली
    images
    images
    images

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताएका छन् । प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रध्यक्षहरू पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नहुने बताए ।

    images

    उनले एमालेमा यो विषयमा कुनै छलफल समेत नभएको पनि बताए ।

    ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने ।

    उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताए ।

    images

    पूर्वराष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेलेमा सक्रिय हुने सम्भावना आफूले नदेखेको भन्दै ज्ञवालीले आम नागरिकले पनि यस्तो कुरा नचाहेको दाबी गरे ।

    images

    साथै, उनले पार्टी अध्यक्षकै इच्छा विपरित प्रतिस्पर्धा गर्नेगरी राजनीतिमा आउन लागेको भन्ने कुरा सहि नभएको दाबी गरे ।

    ‘असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै छलफल गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘अहिले तत्कालै उहाँ सक्रिय राजनीतिमा फर्कनुहुन्छ अथवा केही साथीहरूले भनेजस्तो पार्टी अध्यक्षकै इच्छा विपरित स्पर्धा नै गर्नेगरी आउन खोजेको भन्ने कुरा सहि होइन । उहाँको त्यो भनाइ पनि होइन ।’

    भण्डारीले नै देशले मागेको बेलामा जुनसुकै भूमिकाका लागि तयार भएको भन्दै अहिले गरिएका चर्चाहरू अनुमान मात्रै भएको जिकिर गरे ।

    ‘उहाँले नै भन्नुभएको छ, देशले माग्यो भने जुनसुकै भूमिकाका लागि तयार छु । त्यसमा हामीले कुनै छलफल ओपन पनि गरेका छैनौं । अहिले गरिएका चर्चा अनुमान मात्रै हुन्,’ ज्ञवालीले भने ।

    फरक प्रसंगमा ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले गलत सूचनाबाट सबैलाई जोगाउने तर्क गर्दै प्रेस स्वतन्त्रतामा अवरोध नपुर्‍याउने बताए ।

    अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने उनको भनाइ छ ।

    images
    images

    प्रकाशित :माघ १६, २०८१ बुधवार - १६:५७:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij