• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विप्लवलाई प्रचण्डको जवाफ– छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन

विप्लवलाई प्रचण्डको जवाफ– छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन

images

प्रभाव न्यूज

१५ माघ २०८१
  • 3.3K
    SHARES
  • images
    विप्लवलाई प्रचण्डको जवाफ– छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन
    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरुसँग छिटो एकताको पक्षधर रहेको बताएका छन्।

    images

    मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उनले यसमा प्रष्ट हुन आग्रह गरे। ‘कहिलेकाहीँ कामरेडहरुले मलाई तोकर प्रचण्डले नै अरुची गर्‍यो कि क्या हो एकतामा भन्ने गर्नुभाछ,’ प्रचण्डले भने, ‘त्यो सत्य होइन। बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन।

    यो कुरा प्रष्ट होस् कमरेडहरूलाई।’ मोर्चामा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरु पार्टी एकतामा प्रचण्डले नै अरुची देखाएको आरोप लगाएका थिए। यद्यपि, प्रचण्डले पार्टी एकताको नाममा हतार भने गर्न नहुने र एकताअघि विचार र संगठनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले हामीले समाजवादी मोर्चालाई नै सुदृढ गर्दै लैजाने, छलफल गर्दै लैजाने र सकेसम्म छिटो (फेरि ढिलो गर्ने भन्ने होइन है माधवजी) विचारमा एकरुपता पनि कायम गर्ने, राजनीतिक मुद्दाहरुमा पनि समझदारी कायम गर्ने र संगठनात्मक सिद्दान्तमा पनि एकरुपता कायम गर्नेगरि हाम्रो ध्यान गइराख्नुपर्छ।’

    विगतमा हातार गरेर नेकपा गठन गर्दा निराशा मात्रै हात लागेको प्रचण्डको भनाइ छ। उनले भने, ‘माधवजीले भनेको जस्तै विचारमा सीमासम्म एकरुपता नहुँदै हतारोमा एकता गरियो भने के हुन्छ भन्ने कुराको अनुभव पनि हामीलाई राम्रै प्राप्त भएको छ।’ प्रचण्डले थपे, ‘नेकपा गठन त हामीले गरेकै हो। तर, पर्याप्त तयारी नहुँदा परिणाम झन नराम्रो निस्कियो। झन निराश बनायो कम्युनिष्टहरुलाई, जनताहरूलाई।’

    images

    images
    images

    प्रकाशित :माघ १५, २०८१ मंगलवार - १७:५७:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij