• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रचण्डलाई ओलीको जवाफ– सरकार ढल्छ तर, २०८४ मंसिरमा !

प्रचण्डलाई ओलीको जवाफ– सरकार ढल्छ तर, २०८४ मंसिरमा !

images

प्रभाव न्यूज

१५ माघ २०८१
  • 3.3K
    SHARES
  • images
    प्रचण्डलाई ओलीको जवाफ– सरकार ढल्छ तर, २०८४ मंसिरमा !
    images
    images
    images

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला पनि सरकार ढल्छ भन्ने कसैको मनोकामना तत्काल पूरा नहुने बताएका छन् ।

    images


    मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढल्ने मनोकामना २०८४ मंसिरमा मात्रै पूरा हुने बताएका हुन् । 

    ‘अहिले ढल्छ, साँझसम्म ढल्छ भन्ने छन् । साँझ ढलेन राति ढल्छ, राति ढलेन भोलि बिहानै ढल्छ । भोलिपल्ट पनि ढलेन । पर्सि ढल्छ । पर्सिपल्ट पनि ढलेन, यो हप्ता ढल्छ । यो महिना ढल्छ, भदौमा ढल्छ । दशैंमा ढल्छ, तर ढलेन । अब मंसिरमा पक्का ढल्छ, त्यसमा ढलेन’, ओलीले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोक्यै छन् तर, यो सरकार २०८४ मंसिरको निर्वाचनपछि मात्रै ढल्छ । मान्छेहरूले अस्ति गएको मंसिरमा ढल्छ भनेर बुझेछन् ।’

    ब्मखभचतष्कmभलत
    पछिल्ला केही दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरन्तर रूपमा सरकार ढल्ने बताएपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।

    images

     

    images

    सोमबार मात्रै ओलीले कांग्रेससँगको सत्ता सहकार्य सहज ढंगले अगाडि बढिरहेको बताएका थिए । कांग्रेसले समेत एमालेसँगको सहकार्यमा कुनै समस्या नरहेको बताइसकेको छ । 

    images
    images

    प्रकाशित :माघ १५, २०८१ मंगलवार - १७:२०:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij