• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको छ : डा‍ शेखर कोइराला

अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको छ : डा‍ शेखर कोइराला

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 2.9K
    SHARES
  • images
    अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको छ : डा‍ शेखर कोइराला
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका निम्ति हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् ।

    images

    सोमबार विराटनगरमा नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उनले यस्तो आरोप लगाएका हुन् ।

    नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गरे ।

    तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्ति व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको टिप्पणी थियो । ‘‘अहिले राजनीतिलाई व्यावसायीकीकरण गरिँदै छ । राजनीति भनेको पेसा व्यवसाय होइन, सेवा हो,’’ कोइरालाले भने, ‘‘पैसै कमाउने हो अन्य थुप्रै विकल्प छन् ।

    images

    तर राजनीति त समाजसेवा हो ।’’ जनप्रतिनिधिहरु लालचमा फस्न नहुनेम उनको भनाइ थियो।

    images

    अध्यादेशप्रति आपत्ति

    कोइरालाले सरकारले संसद्लाई छलेरअध्यादेश ल्याएकोमा आपत्ति जनाए ।

    संसद् बस्ने समयमा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका पैदा भएको उनको टिप्पणी थियो। ‘‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन ।

    अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’’ कोइरालाले भने, ‘‘संसदमै पेस गर्दा पनि कांग्रेस र एमाले मिल्दा झन्डै दुईतिहाइको संख्या छ ।

    सजिलै पास हुन्थ्यो । संसद् छलेर सरकारले जुन अध्यादेश ल्याइएको छ, त्यो ठीक भएन ।’’

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - २०:२७:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij