• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सरकारले हतार गरेर अध्यादेश ल्यायो : शेखर कोइराला

सरकारले हतार गरेर अध्यादेश ल्यायो : शेखर कोइराला

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    सरकारले हतार गरेर अध्यादेश ल्यायो : शेखर कोइराला
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन् । सोमबार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । 

    images

    संसदलाई धकेलेर अध्यायदेश ल्याउनु गलत भएको उनले बताए । उनले दुईतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आमजनमानसमा नराम्रो सोच आउने धारणा राखे । संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए । 

    नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।

    प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका हुन् । 

    images

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - १७:२४:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij