• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड

एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 20.8K
    SHARES
  • images
    एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ ।

    images

    आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए ।

    ‘अहिले ३/३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भने । विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिए ।

    ‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् ।

    images

    हामीले लगानीसम्बन्धी अध्यादेश पारित गर्‍यौं त । यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय हो’, उनले थपे । आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए ।

    images

    दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १८:०२:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij