• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रास्वपा सांसदलाई चाहियो होटलको सिसिटिभी फुटेज, खर्च विवरण पनि माग

रास्वपा सांसदलाई चाहियो होटलको सिसिटिभी फुटेज, खर्च विवरण पनि माग

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 3.1K
    SHARES
  • images
    रास्वपा सांसदलाई चाहियो होटलको सिसिटिभी फुटेज, खर्च विवरण पनि माग
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।

    images

    आज प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा लिखित निवेदन दिदैँ उनले समितिका सदस्यहरु बसेको सो होटलको पुस २९ गतेको सिसिटिभी रेकर्डसहित खर्च विवरणको बिल-भर्पाइ झिकाउन माग गरेकी हुन् ।

    गत बुधबार बसेको समितिको बैठकमा सभापति कुसुमदेवी थापा र सांसद कठायतबीच नोकझोक चलेको थियो ।

    अनुगमनका क्रममा उक्त होटलमा बसेका बेला आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको र एनजिओको रक्सी खाएर रास्वपा नेताहरुको नीजि जीवनबारे चर्चा गरेको उनले दावी गरेकी थिइन् ।

    images

    तर, अनुगमनको क्रममा सँगै रहेका समितिका अन्य सदस्यहरुले भने कठायतको भनाईमा कुनै सत्यता नरहेको दावी गर्दै आएका छन् ।

    images

    यहीबीच उनले ‘पोखरा साँझ’को चुरो कुरो सार्वजनिक गर्न माग गर्दै समितिको सचिवालयमा निवेदन दर्ता गराएकी हुन् ।

    'अनुगमन भ्रमणको सन्दर्भमा पुस २९ गते समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ देखि १० बजेसम्मको सिसिटिभीको फुटेज तथा उक्त दिन भएको खर्च विवरणको बिल भर्पाइ झिकाई उपलब्ध गराउन अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ ।

    स्रोतका अनुसार उक्त दिन होटलमा ‘दारु पार्टी’ चलेको थियो । जहाँ सभापति थापासहित एमालेकी सांसद सरस्वती सुब्बा र नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले मदिरापान गरेका थिए ।

    माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरी र सांसद कठायत भने छेउमा हट–लेमन पिएर बसेको स्रोत बताउँछ । यत्तिकैमा एक सांसदले रास्वपाको प्रसंग निकाल्दा सुब्बाले ‘ठग पार्टीको के कुरा गर्नु ?’ भन्दै जवाफ फर्काएपछि विवाद भएको बताइएको छ ।

    474969156_3909429145968299_635840029953143872_n_84dUG892Ml (1).gif

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १५:५०:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij