• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जनार्दन पक्षले जित्ने भएपछि ‘प्रचण्ड-शक्ति’ समूहले मतपत्रमा खन्यायो पानी

जनार्दन पक्षले जित्ने भएपछि ‘प्रचण्ड-शक्ति’ समूहले मतपत्रमा खन्यायो पानी

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 10.2K
    SHARES
  • images
    जनार्दन पक्षले जित्ने भएपछि ‘प्रचण्ड-शक्ति’ समूहले मतपत्रमा खन्यायो पानी
    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को चुनावको मतगणनाका क्रममा फेरि तनाव भएको छ। मतपत्र गन्ने क्रममा प्रतिनिधिले मतपत्रमा पानी खन्याइदिएपछि लफडा भएको हो।

    images

    मधेश प्रदेशमा जारी मतगणनाका क्रममा खसेको मतभन्दा मतपत्र कम भेटिएपछि तनाव भएको हो। मधेशमा १५९ मत खसेकोमा १५४ मत मात्र भेटिएपछि विवाद भएको हो।

    अध्यक्षका उम्मेद्वार हेमन्त राई पक्षका एक विद्यार्थी नेताका अनुसार जनार्दन पक्षले जित्ने निश्चित भएपछि माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत गुटले मतपत्रमा पानी खन्याएको दाबी गरे। महासचिवका उम्मेदवार सञ्जय महतोका प्रतिनिधिले मतपेटिकामा पानी खन्याएका उनको दाबी छ।

    मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन्। हेमन्त राईले ४१, विजयप्रकाश शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन्।

    images

    मतपत्रमा पानी खन्याएपछि पुनः निर्वाचनको माग बढेको छ।

    images

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १४:१८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij