• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बामदेवसँग एकताको कुनै अर्थ छैन : पृथ्वीसुब्बा गुरुङ

बामदेवसँग एकताको कुनै अर्थ छैन : पृथ्वीसुब्बा गुरुङ

images

प्रभाव न्यूज

११ माघ २०८१
  • 3.2K
    SHARES
  • images
    बामदेवसँग एकताको कुनै अर्थ छैन : पृथ्वीसुब्बा गुरुङ
    images
    images
    images

    नेकपा एमालेका उपमहासचिव तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुंगले बामदेव गौतमसँग पार्टी एकता गर्नुपर्ने कुनै जरुरत नभएको जनाएका छन् ।

    images

    बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बामदेव गौतमसँग कुनै समूह नभएकाले एकताको कुनै आवश्यकता नभएको बताएका हुन् ।

    ‘बामदेव गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले कुरा गर्नुभएको हो, त्यो विषय पार्टी पदाधिकारीमा पनि छलफल भयो, हामीले एकताको कुनै जरुरी छैन भनेका हौं’, उनले भने, ‘उहाँसँग साथको को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि, एमालेमा समाहित हुने भए हामी खुला छौ भनेका हौं, अध्यक्षले पनि त्यही कुरा गर्नुभएको हो ।’

    नेता गुरुंगले बामदेवलाई खरायो र एमालेलाई हात्तीको तुलना गर्दै त्यसमा एकता भन्ने कुरै नहुने प्रष्ट भएको बताए।

    images

    उनले पार्टी अध्यक्ष र पदाधिकारी कसैले पनि बामदेवलाई कुनै पद दिने वा अरु कुनै शर्तमा ल्याउने कुरा नभएको र एमालेबाट त्यो संभावना पनि नभएको बताए ।

    images

    images
    images

    प्रकाशित :माघ ११, २०८१ शुक्रवार - ११:२८:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij