• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावललाई सघाउने नेता(कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

भीम रावललाई सघाउने नेता(कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा

images

प्रभाव न्यूज

१० माघ २०८१
  • 3.4K
    SHARES
  • images
    भीम रावललाई सघाउने नेता(कार्यकर्तामाथि एमालेले चलाउन थाल्यो कारबाहीको डन्डा
    images
    images
    images

    अछाम- गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता-कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ।

    images

    रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्ला कमिटीका ६ जना नेताहरूलाई एमालेले कारबाही गरेको छ । रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको हो ।

    जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार विज्ञप्ति निकालेर पार्टीको विधानविपरीतका गतिविधिमा संलग्न भएकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेका छन् ।

    कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर छन् । उनीहरूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको एमालेले जनाएको छ ।

    images

    ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवम् पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ,’ एमालेले भनेको छ। यसअघि पनि उनीहरू पार्टी हितविरुद्धको गतिविधिमा लागेको आरोप एमालेको जिल्ला नेतृत्वले लगाएको छ।

    images

    त्यसबेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकलाई कारबाही अगाडि नबढाउने निर्णय भएको थियो ।

    तर अहिले रावललाई सघाएर पुरानै गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको एमालेले जनाएको छ। यसअघि अछामबाट एमालेका करिब ११ सय जना नेता-कार्यकर्ताले रावललाई साथ दिने लिखित घोषणा गरिसकेका छन् ।

    रावलले नयाँ अभियान थालेपछि अछामसहित सुदूरपश्चिमा एमालेले ठूलै धक्का व्यहोर्ने विश्लेषण भइरहेको छ ।

    images
    images

    प्रकाशित :माघ १०, २०८१ बिहिवार - १५:१८:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij