• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


त्रासैत्रासमा माधव नेपाल !

त्रासैत्रासमा माधव नेपाल !

images

प्रभाव न्यूज

८ माघ २०८१
  • 4.6K
    SHARES
  • images
    त्रासैत्रासमा माधव नेपाल !
    images
    images
    images

    नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी त्रासैत्रासमा छ । २०७८ भदौ २ गते माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएर बनेयताको ३ वर्षमा नेकपा एस निरन्तर त्रासमा चल्दै आएको छ । 

    images

    कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन् । 

    वामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने गरी मिलिसकेको विषयको च्याप्टर क्लोज भएको घटनाबाट समेत नेपाल त्रसित बनेको एक नेताले बताए ।

    ‘केही दिन अगाडिसम्म निरन्तर वार्ता गरेर वामदेव गौतम नेकपा एसमा आउने पक्का भएको थियो । उहाँ आफैंले उत्साही भएर अब माधव कमरेडसँगै जाने पनि बताउनुभयो,’ नेकपा एसका ती नेताले भने, ‘उत्साही वामदेवले नेपालसँग तपाईंको पार्टीका धेरैले मलाई असल अभिभावक मानेको पाएँ भन्दै सुनाएपछि उहाँ (नेपाल) झसंग हुनुभएछ । ल बर्बाद मलाई पनि किनारामा पुर्‍याएर पार्टी फुटाउँछन् भन्ने त्रासले वामदेवलाई नेकपा एसको ढोका बन्द हुन पुगेको हो ।’

    images

    वामदेवले उत्साह जगाएर धेरै नेता/कार्यकर्ता ल्याउने आश्वासन नेपाललाई दिएका थिए । तर, वामदेवले मलाई अभिभावक ठान्ने ठूलो पंक्ति छ भनेपछि नेपालले उनको फोन नै उठाउन छाडेको ती नेता बताउँछन् । यसपछि बाध्य भएर गौतम एमाले प्रवेशको तयारीमा पुगेको उनले बताए ।

    images

    तर, नेपाल ३ वर्षमा त्रासमा रुमल्लिएको यो पहिलोपटक होइन । शुरूदेखि नै असन्तुष्ट रहेका झलनाथ खनाल, एमालेमा नअटाएका भीम रावलदेखि रामकुमारी झाँक्री समेतका कारण पनि नेपाल त्रासमा रहने गरेको ती नेता बताउँछन् । 

    ‘अध्यक्ष नेपाल र सिंगो नेकपा एस रुमल्लिँदै आएको यो पहिलोपटक होइन । झलनाथ खनालदेखि झाँक्री र प्रेमबहादुर आलेसम्मले अत्याइरहेका छन्,’ ती नेता भन्छन्, ‘अर्कातिर कतिखेर अध्यादेश ल्याएर पार्टी फुटाइदिन्छन् भनेर पनि निरन्तर अत्यास र तनावमा नेपाल हुनुहुन्छ ।’-लोकान्तर डटकमको सहयोगमा 

    images
    images

    प्रकाशित :माघ ८, २०८१ मंगलवार - १६:३१:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij