• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चितवनमा रविका पार्टीका नेतालाई प्रचण्डले माओवादीमा भित्र्याए

चितवनमा रविका पार्टीका नेतालाई प्रचण्डले माओवादीमा भित्र्याए

images

प्रभाव न्यूज

८ माघ २०८१
  • 5.3K
    SHARES
  • images
    चितवनमा रविका पार्टीका नेतालाई प्रचण्डले माओवादीमा भित्र्याए
    images
    images
    images

    काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच सुमधुर सम्बन्ध रहेको बताईन्छ ।

    images

    सरकारमा सहकार्य गर्दा होस या रविमाथि सहकारी ठगीविरुद्ध विभिन्न जिल्लामा मुद्दा प्रक्रिया चल्दा लामिछानेलाई प्रचण्डले ढाडस दिँदै आएका छन् ।

    प्रचण्डले सार्वजनिक रुपमै रविमाथि सरकारले प्रतिशोध साँधेको दाबी गर्ने गरेका छन् । तर, चितवनमा भने रोचक घट्ना भएको छ । रविको प्रभाव क्षेत्र मानिएको चितवनमा रविकै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरेका छन् । दाहालले आज (मंगलबार) रास्वपाका पार्टी प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्तीलाई पार्टीमा भित्र्याए । उता, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री र चुनबहादुरपनि माओवादीमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका अरुणकुमार चौधरीपनि आज माओवादी प्रवेश गर्ने सूचिमा छन् ।

    images

    राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका चित्रबहादुर सोतीपनि माओवादीमा प्रवेश गरेका छन् । माथि केन्द्रमा सरकारविरुद्ध रास्वपा र राप्रपासँग माओवादीको सहकार्य छ ।

    images

    तर, तल्लो तहमा भने प्रचण्डले उनीहरुकै कार्यकर्तालाई धमाधम आफ्नो दलमा भित्र्याएका छन् ।

    images
    images

    प्रकाशित :माघ ८, २०८१ मंगलवार - १२:४९:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij