• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रास्वपाका नेतृत्वमाथि मुकुलको निरन्तर प्रश्न

रास्वपाका नेतृत्वमाथि मुकुलको निरन्तर प्रश्न

images

प्रभाव न्यूज

६ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    रास्वपाका नेतृत्वमाथि मुकुलको निरन्तर प्रश्न
    images
    images
    images

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले एकपछि अर्को गर्दै नेतृत्वमाथि गम्भीर प्रश्न उठाइरहेका छन् । पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत रास्वपा अनुशासन आयोग प्रमुख भरतमणि देवकोटा तथा इलाम जिल्ला सभापतिमा टिका ओडारीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।

    images

    ‘अनुशासन आयोगका प्रमुख बनेर पार्टी भित्र भरतमणि देवकोटाले गरेको दूषित राजनीतिको प्रमाण’ भन्दै मुकुलले शनिवार बिहान सामाजिक सञ्जालमा लेखेका थिए । जसमा उनले इलामका प्रेम आचार्यले संसद् भवन बाहिर आत्महत्या गरेको प्रसङ्ग निकाल्दै इलाम जिल्ला सभापति माथि पनि प्रश्न उठाएका छन् ।

    मुकुलले आफू पार्टी महामन्त्री हुँदा प्रेम आचार्यलाई आत्मदाहमा न्याय प्रदान गर्न खोजेपनि सफल नभएको उल्लेख गरेका छन् । 

    ‘तर केही हप्ता अगाडि मात्र रास्वपा इलाम जिल्ला सभापतिमा टिका ओडारी चयन हुनु भएछ । सुरूवातमा मेरो पनि उहाँसँग कुराकानी हुन्थ्यो तर जब मैले उहाँको प्रेम आचार्यसँगको सम्बन्ध बारे थाहा पाएँ, त्यसपछि पार्टी महामन्त्रीको रूपमा उहाँको भूमिका कमजोर बनाउँदै गएँ‚’ उनले लेखेका छन् ।

    images

    प्रेम आचार्यको आत्मादहमा टिका ओडारी पनि एक कारण भएको मुकुलले जिकिर गरेका छन् । 

    images

    साथै‚ पार्टीभित्र फरक मत राखेकै आधारमा कोशी प्रदेश सभापति राजेश तिमल्सिनालाई कारबाही गरेको विषयमा पनि उनको आपत्ति छ ।

    ‘भरतमणि देवकोटाले प्रेम आचार्यले यसरी सुसाइड नोटमै नाम किटान गरेका टिका ओडारीलाई कारबाही गरेनन्, बरु उल्टै पुरस्कृत गरिरहेका छन्‚’ मुकुलको भनाइ छ‚ ‘पार्टी भित्र गुटको राजनीतिक खेल भरतमणि देवकोटाले आफैँ गरिरहेका छन् । अनुशासन आयोगको डन्डा देखाएर दूषित राजनीति गरिरहेका छन् । पार्टीलाई आर्थिक रूपमा च्यापेर पार्टीभित्र हैकमवाद लादिरहेका छन् ।’

    त्यसो त मुकुलले अनुशासन आयोग प्रमुख देवकोटा माथि यसअघि पनि प्रश्न उठाएका थिए । 

    ‘यिनी मेरै सिफारिसमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख भएका थिए । कुरा राम्रै चल्दै थियो, राजदूतको भागबन्डामा पार्टीलाई दुई जना राजदूत पर्‍यो । आफूलाई राजदूत बनाउनै पर्छ भनेर अड्डी कसे । म समीक्षा यात्रामा भएका कारण मैले त्यता ध्यान दिइन र गृहमन्त्रीसँगै कुरा गर्नु भनिदिए । मैले सोचे कुरा सकियो, तर कुरा बाँकी नै रहेछ‚’ उनको भनाइ छ‚ ‘...यिनी पार्टीको केन्द्रीय कार्यालयको घरबेटी पनि हुन् । पार्टीलाई टन्न ऋण थुपारेका छन्, र पार्टीलाई त्यही ऋण देखाएर एक पक्षीय निर्णयहरू गराउँदै हिँडेका छन् ।’

    मुकुलले एकपछि अर्को स्टाटस लेख्दै रास्वपाका विभिन्न नेतृत्व पङ्क्तिमाथि प्रश्न उठाउँदा रास्वपा भने मौन छ । रास्वपा र नेतृत्वमा रहेकाहरूले यस विषयमा भने केही बोलेका छैनन् ।

    रास्वपाका एक उच्च नेता यी विषयमा पार्टीले कुनै ध्यान नदिएको बताउँछन् । ‘यस विषय पार्टीमा छलफल पनि भएको छैन हुने कुरा पनि भएन‚’ ती नेताले भने‚ ‘बाँकी प्रतिकृया जनाउन जरूरी छैन ।’

    images
    images

    प्रकाशित :माघ ६, २०८१ आइतवार - १७:५४:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij