• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावल र बालेन मिल्न लागेका हुन् ? यस्तो छ भित्री कुरा

भीम रावल र बालेन मिल्न लागेका हुन् ? यस्तो छ भित्री कुरा

images

प्रभाव न्यूज

४ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    भीम रावल र बालेन मिल्न लागेका हुन् ? यस्तो छ भित्री कुरा
    images
    images
    images

    काठमाडौं - ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्ने बताएका छन् ।

    images

    शुक्रबार धनगढी पुगेर उनले आफ्नो अभियानमा बालेनलाई समेत जोड्ने प्रयास गर्ने सुनाएका हुन् ।

    नेकपा (एमाले)बाट निकालिएपछि रावल आफ्नो अभियान विस्तार गर्न देश दौडाहामा छन् । ‘सशक्त वैकल्पिक शक्ति’ निर्माण गर्ने जिकिर गरेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसित भने, “नेपालमा विभिन्न समूह छन् । नागरिक संगठन, राजनीति दलसँग आबद्ध बुद्धिजीवी छन् ।

    अहिलेको देशको अवस्थालाई ध्यानमा राखेर हामीले एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्नका लागि केके गर्नुपर्छ, छलफलबाट त्यसको निष्कर्ष निकालेर जाने हो ।”

    images

    आफ्नो अभियानका तर्फबाट वैकल्पिक शक्ति निर्माणका निम्ति रूपरेखा सार्वजनिक गरेको र त्यसमा अझै छलफल गरिने उनले बताए ।

    images

    काठमाडौं महानगरका मेयर बालेनसँग पनि सहकार्य गर्न सकिने सम्भावना रहेको सुनाउँदै उनले भने, “सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौँ । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबन्डा गरेर खाने, यस्तो कुरालाई रोक्नुपर्छ भन्ने बालेनजीलगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।”

    images
    images

    प्रकाशित :माघ ४, २०८१ शुक्रवार - १४:५४:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij