• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


के छ कांग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशनमा ?

के छ कांग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशनमा ?

images

प्रभाव न्यूज

३ माघ २०८१
  • 3.0K
    SHARES
  • images
    के छ कांग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशनमा ?
    images
    images
    images

    काठमाडौँ - आफ्ना मन्त्रीहरूले प्रभावकारी काम गर्नुभन्दै नेपाली कांग्रेसले सात बुँदे निर्देशन दिएको छ ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दल कार्यसमिति बैठकले मन्त्रीहरूलाई सात बुँदे निर्देशन दिएको हो । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सरकारलाई सात बुँदे सहमति अनुसार अघि बढाउन सात बुँदे निर्देशन दिइएको हो ।

    images

    निर्देशनहरू

    १) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

    २) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

    images

    ३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

    images

    ४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

    ५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

    ६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

    ७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

    images
    images

    प्रकाशित :माघ ३, २०८१ बिहिवार - १६:३३:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij