• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रविलक्षित बास्कोटाको कटाक्ष: अदालत परिसरमै मुक्का बजारेपछि माईक टाईसन भन्दा बलशाली रहेको प्रमाणित भयो

रविलक्षित बास्कोटाको कटाक्ष: अदालत परिसरमै मुक्का बजारेपछि माईक टाईसन भन्दा बलशाली रहेको प्रमाणित भयो

images

प्रभाव न्यूज

३ माघ २०८१
  • 6.0K
    SHARES
  • images
    रविलक्षित बास्कोटाको कटाक्ष: अदालत परिसरमै मुक्का बजारेपछि माईक टाईसन भन्दा बलशाली रहेको प्रमाणित भयो
    images
    images
    images

    काठमाडौं - सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पिडीतको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति भत्र्सना गरेका छन् ।

    images

    बुधबार जिल्ला अदालत काठमाडौंमा सहकारी पिडीतको तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले हातपात गरेका थिए ।

    आफ्ना पार्टीका कार्यकर्ताबाट वकिल कुटिएपछि बुधबार नै रास्वपाले विज्ञप्ति जारी गरेको थियो । बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले धरौटीमा छुटेपछि रविले न्याय मरेको छैन् भन्दै दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरेका छन् ।

    उनले भनेका छन् ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ?कति कालाकोट धुजाधुजा हुने हुन ? टेलर्स,मिडीया,मेडिकल ,म:म ,मकै सबै चल्ने भए।

    images

    बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला’? काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने बुधबार धरौटीमा रिहा भएका थिए ।

    images

    न्यायाधीश माधव अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी बुझाएर रवि हिजै छुटिसकेका छन् ।

    images
    images

    प्रकाशित :माघ ३, २०८१ बिहिवार - १३:१२:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij