• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रविका कार्यकर्तामाथि खनिए एमाले नेता महेश बस्नेत

रविका कार्यकर्तामाथि खनिए एमाले नेता महेश बस्नेत

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 6.0K
    SHARES
  • images
    रविका कार्यकर्तामाथि खनिए एमाले नेता महेश बस्नेत
    images
    images
    images

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटिएको घटनाप्रति एमाले नेता महेश बस्नेतले आपत्ति जनाएका छन् ।

    images

    सहकारी पीडितको पक्षमा वकालत गरेकै कारण त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले कुटेको दावी गर्दै उनले उक्त कार्यको निन्दा गरेका छन् । यो घटनालाई लोकतन्त्र, कानुनी शासन र स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेपका रुपमा अर्थ्याउँदै बस्नेतले यसमा संलग्नलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे ।

    'रवि लामिछानेको सहकारी ठगी मुद्दाको विरुद्ध पीडितको पक्षमा वकालत गरेको भन्ने बहानामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसर भित्रै हातपात गरेर जुन हर्कत गरेका छन् यो यो साह्रै नै निन्दनीय कार्य हो', उनले फेसबुकमा लेखेका छन्, 'लोकतन्त्र कानुनी शासन र स्वतन्त्र न्यायपालिकामाथिको गम्भीर प्रश्न हो ।

    यो विषयमा छानबिन गरी घटनामा संलग्नहरुलाई तत्काल कारबाही गर्न नेपाल सरकार गम्भीरताका साथ लागोस् ।' काठमाडौँ जिल्ला अदालतमा दायर स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा बहस सकेर बाहिर निस्कँदै गर्दा बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

    images

    पीडित जाहेरकर्ताका तर्फबाट बहस गरेका उनले आफूमाथि रास्वपा कार्यकर्ताले अश्लिल गालीगलौज गर्दै आक्रमण गरेको बताएका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - २१:४२:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij