• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएछ -बालेन

अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएछ -बालेन

images

प्रभाव न्यूज

२ माघ २०८१
  • 5.2K
    SHARES
  • images
    अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएछ -बालेन
    images
    images
    images

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।

    images

    सँधैजस्तो सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।

    आफ्नो स्टाटसमा बालेनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले हात मिलाएको तस्विर समेत राखेका छन् ।

    अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएको उनको कटाक्षपूर्ण टिप्पणी छ ।

    images

    बालेनले लेखेका छन्, ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।

    images

    बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई।’ भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ मन्त्रीपरिषदले तीन दिन अगाडि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

    राष्ट्रपतिले सो अध्यादेश तीन दिन रोकेर आज प्रमाणीकरण गरेका छन्। यसलगत्तै बालेनको स्टाटस आएको हो ।

    images
    images

    प्रकाशित :माघ २, २०८१ बुधवार - १९:०९:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij